ओलीलाई रावलको प्रश्न– प्रभु साह जस्ता ‘संदिग्ध’लाई कसले हुर्काउँदै छ ?

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टी प्रभु साह जस्ता ‘संदिग्ध’ नेतालाई एमालेमा कसले पाल्यो भनेर पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रश्न गरेका छन् ।
रौटहतको क्षेत्र नम्बर ३ बाट निर्वाचन जित्दै आएका प्रभु साहले एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालले जनता समाजवादी पार्टी(जसपा)सँग चुनावी तालमेल गरेपछि रुष्ट बनेका साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
साहले पार्टी निर्णयविपरीत गई स्वतन्त्र रुपमा उम्मेदवारी दिएपछि अध्यक्ष ओलीले साहले केही समयअघिदेखि नै ‘संदिग्ध गतिविधि गर्दै आएको’ आरोप लगाएका थिए ।
नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका साह जस्तो संदिग्ध गतिविधि गर्नेलाई एमालेमा कसले पाल्यो भनी नेता रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत व्यंग्यात्मक प्रश्न गरेका छन् ।
प्रभु साहाको ‘विद्रोह’ बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो।’हरियो सर्प’ भनेको पनि आयो।’संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ‘संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काइदैछ भन्ने पनि स्पष्ट गर्ने कि?
— Bhim Rawal, PhD (@BhimRawal179) October 11, 2022










