बीआरआईमा सहयोग साझेदारी निर्माण गर्न बैठकको आयोजना
मकालु खबर
२०७८ माघ ११ गते
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको ‘बीआरआई सहयोगका लागि साझेदारी निर्माण गर्न सँगै मिलेर काम गर्ने’ विषयक भर्चुअल गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ ।
कार्यक्रममा बीआरआईका विशेषता र उद्देश्यका बारेमा छलफल भएको थियो । गोष्ठीमा चीनका अधिकारी र नेपालका पत्रकारहरुको सहभागिता रहेको थियो । विश्वलाई आर्थिक विकासका माध्यमबाट जोड्ने ठूला आयोजनाको सफलताका लागि विभिन्न देशका अनुभवहरु एक अर्कालाई आदान प्रदान गरिएको थियो ।
बैठकले विकास र समृद्धिको प्रतिफल छिमेकी मुलुकलाई बाँड्ने र मानवताको सपनालाई यथार्थमा साकार पार्न राजनीतिक दल र सामाजिक क्षेत्रको तर्फबाट जिम्मेवारी र तत्परताका लागि आह्वान गरिएको छ ।
मकालु खबर
२०७८ माघ ११ गते
प्रतिक्रिया
सम्बन्धित