सुनको मूल्य घट्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबारको दिन शुक्रवार सुनको मूल्य घटेको छ ।

छापावाला सुन तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार हुने महासंघको भनाई छ । भने चाँदीको मूल्य स्थिर रही प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =