नाडाको उपाध्यक्षमा राजनबाबु श्रेष्ठ निर्वाचित

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको उपाध्यक्षमा राजनबाबु श्रेष्ठ निर्वाचित भएका छन् । कुल २९  मतमध्ये १८ मत ल्याएर श्रेष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

प्रथम उपाध्यक्षका लागि भने सुनिल रिजाल र निराकार श्रेष्ठले १४-१४ मत ल्याएपछि दुई वर्षको कार्यकाल आलोपालो गरेर पहिलो वर्षको कार्यकाल रिजाल र दोस्रो वर्षको कार्यकालको जिम्मेवारी श्रेष्ठलाई दिएको  संगठनले जनाएको छ ।

त्यस्तै संस्थागत उपाध्यक्षमा सुवास आचार्य निर्वाचित भएका छन् । उनी २७ मत ल्याई उपाध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै सचिवमा विक्रम सिंघानियाँ १७ मत ल्याएर निर्वाचित भएका छन् भने सह-कोषाध्यक्षमा पंकज अग्रवाल १७ मत ल्याई निर्वाचित भएका छन् ।

महासचिवमा पदमा यसअघि नै सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भइसकेका छन् भने कोषाध्यक्षमा मिलनबाबु मल्ल पनि निर्विरोध निर्वाचित भएका हुन् । सङ्गठनका अनुसार बुधबार बिहान दीपक अग्रवाल, अभिमन्यु गोल्छा र सोहन श्रेष्ठ कार्यसमितिमा मनोनित भएका छन् ।

नाडाको अध्यक्षमा ध्रुव थापा १४ सय १३ मत ल्याएर निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fourteen =