बाल्ट्राको स्टेलार हिटर बजारमा

काठमाडौँ । बाल्ट्रा होम एपलायन्सले स्टेलार ओइल फिल्ड हिटर बजारमा ल्याएको छ । यो हिटरमा भित्री पङ्खा रहेको र आफूले चाहेको तापक्रम घटबढ गर्न मिल्ने प्रविधि रहेको कम्पनीले जनाएको छ ।

अधिकतम २९०० वाट सम्मको क्षमतामा चल्न सक्ने यो हिटरमा गुडाउन मिल्ने पाङ्ग्राहरू रहेका पनि जनाएको छ । विभिन्न सुरक्षात्मक विशेषताहरू रहेको यो हिटरले विद्युतीय लोड पनि ब्यालेन्समा राख्ने कम्पनीको भनाई छ ।

जाडो मौसमको लागि एकदम उपयुक्त स्टेलार ओइल फिल्ड हिटर २ वर्षको वारेन्टी सहित बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 9 =