एक हजारले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?
२०७८ पुस २ गते

काठमाडौँ । सुनको मूल्य आज पनि उकालो लागेको छ ।
शुक्रवार छापावाला सुन तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बिहीबार प्रतितोला ९३ हजारमा कारोबार भएकोमा शुक्रबार बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार हुने भएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा १५रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार हुनेछ ।
२०७८ पुस २ गते
प्रतिक्रिया
सम्बन्धित








