लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए
मकालु खबर
२०७८ भदौ २९ गते
लमजुङ । आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन् ।
तीमध्ये ९५ बालिका र ३६ बालक छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पाँच वर्षको अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो ।
कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएकामध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताए ।
गत एक वर्षको अवधिमा २० बालबालिका हराएका थिए । तीमध्ये तीन बालक, १७ बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् ।
सचेतनाका लागि प्रहरीले सामुदायिक तथा आमा समूह लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।
– रासस
मकालु खबर
२०७८ भदौ २९ गते
प्रतिक्रिया
सम्बन्धित