नेपाल र पीएनजीबीचको दोस्रो ओडीआई आज
काठमाडौं । ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्युगिनी (पीएनजी) सँग दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ । दुई खेलको शृंखलाअन्तर्गत आज अपराह्न ४ः१५ बजे दोस्रो खेल हुन लागेको हो ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा डे-नाइट खेल हुनेछ । यो नेपालका लागि पहिलो डे-नाइट एकदिवसीय अन्तराष्ट्रिय खेल हुनेछ । यसअघि नेपालले डे-नाइट खेल खेलेको थिएन ।
पहिलो खेल नेपालले जितको थियो । दुई विकेटले जित्दा रोहितकुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय शृंखला अघि नेपालले पीएनजीसँग खेलिरहेको छ । लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले पहिलो खेल अमेरिकासँग भदौ २८ गते प्रतिस्पर्धा गर्नेछ ।
नेपालले दोस्रो खेलमा ओमानसँग भदौ २९ गते हुनेछ । यस्तै तेस्रो खेल अमेरिकासँग असोज १ गते र अन्तिम खेल ओमानसँग असोज ३ गते हुनेछ ।