रोनाल्डो म्यान-यू जाने चर्चा
२०७८ भदौ ११ गते

काठमाडौँ । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो म्यान्चेस्टर युनाइटेडमा जान सक्ने सम्भावना बढेको छ ।
इटालीको क्लब युभेन्टसमा रहेका रोनाल्डोलाई अनुबन्ध गर्न विभिन्न क्लबले प्रस्ताव गरिरहेको र त्यसमध्ये म्यान्चेस्टर युनाइटेड सबैभन्दा अघि रहेको बीबीसीले दाबी गरेको हो ।
यसअघि, रोनाल्डो ईङ्लिस क्लब म्यान्चेस्टर सिटी जाने चर्चा चलेको थियो । उनी सिटी नजाने‚ बरु उनकै पूर्वक्लब म्यान यू जाने सम्भावना धेरै रहेकाे बीबीसीले दाबी गरेको छ ।
रोनाल्डोलाई अनुबन्ध गर्न म्यान-यूका प्रतिनिधिसँग छलफल भइरहेका खबरहरू आएका छन् ।
यसअघि, युभेन्टसका म्यानेजर मसिमिलिआनो एलिग्रीले रोनाल्डो युभेन्ट्समा रहन इच्छुक नरहेको बताएका थिए । उनले टिमका सहकर्मीहरूसँग बिदा मागिसकेको पनि कतिपय सञ्चारमाध्यमले दाबी गरेका छन् ।
२०७८ भदौ ११ गते
प्रतिक्रिया
सम्बन्धित








