रोनाल्डो म्यान-यू जाने चर्चा

काठमाडौँ । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो म्यान्चेस्टर युनाइटेडमा जान सक्ने सम्भावना बढेको छ ।

इटालीको क्लब  युभेन्टसमा रहेका रोनाल्डोलाई अनुबन्ध गर्न विभिन्न क्लबले प्रस्ताव गरिरहेको र त्यसमध्ये म्यान्चेस्टर युनाइटेड सबैभन्दा अघि रहेको बीबीसीले दाबी गरेको हो ।

यसअघि,  रोनाल्डो ईङ्लिस क्लब म्यान्चेस्टर सिटी जाने चर्चा चलेको थियो । उनी सिटी नजाने‚ बरु उनकै पूर्वक्लब म्यान यू जाने सम्भावना धेरै रहेकाे बीबीसीले दाबी गरेको छ ।

रोनाल्डोलाई अनुबन्ध गर्न म्यान-यूका प्रतिनिधिसँग छलफल भइरहेका खबरहरू आएका छन् ।

यसअघि, युभेन्टसका म्यानेजर मसिमिलिआनो एलिग्रीले रोनाल्डो युभेन्ट्समा रहन इच्छुक नरहेको बताएका थिए । उनले टिमका सहकर्मीहरूसँग बिदा मागिसकेको पनि कतिपय सञ्चारमाध्यमले दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =