पूर्व न्यायाधीश फोरमले भन्यो- न्यायाधीशमाथि सरकारी पक्षबाट उठाएको प्रश्न आपत्तिजनक

काठमाडौँ । पूर्व न्यायाधीश फोरम नेपालले अदालतलाई कमजोर बनाउने कार्य भएमा न्यायिक प्रणालीमात्र नभई स्वयं लोकतन्त्र कमजोर हुनेतर्फ सबैको ध्यानाकर्षण गराएको छ । भर्चुअल माध्यमबाट बसेको बैठकपछि विज्ञप्ति जारी गर्दै फोरमले ध्यानाकर्षण गराएको हो ।

अदालतलाई बलियो बनाउनु प्रत्येक वयस्क नागरिकको कर्तव्य रहेको भन्दै त्यस्तो कर्तव्यबाट विमुख भएमा आफ्नै खुट्टामा बन्चरो प्रहार गरेको समान हुनेतर्फ ठहर गरेको हो । ‘कुनै कारण वश जनताले न्याय पाउन नसके अराजक स्थितिले जन्म लिनेतर्फ सम्बन्धित सबैलाई सचेत तुल्याइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

न्यायाधीशको बारेमा खुला इजलासमा कानुन व्यवसायीले प्रश्न उठाउन सक्ने तर सरकारले नै यसरी उठाउने र सार्वजनिक सञ्चार माध्यममा समेत यसरी आउनु आपत्तिजनक भएको उनीहरुको ठहर छ । ‘हाम्रो कर्मथलो रहेको न्यायपालिका समक्ष अनगिन्ति चुनौती खडा हुन आएको देखिएकाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि मुलुकमा न्यायिक निकायको आँक्नै नसकिने महत्त्व रहेको हुन्छ, झन् लोकतान्त्रिक मुलुकको लोकतन्त्रको रक्षा गरी सबल बनाउने एकमात्र जिम्मा, न्यायपालिका उपर रहेको हुन्छ। त्यसलाई कमजोर बनाउन गरिने कुनै क्रियाकलाप क्षम्य हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =