चुनावमा पछि हट्न मलाई धेरैले थर्काए : देवकोटा

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले आफूलाई चुनावबाट पछि हट्न भनी धेरै जनाले थर्काएको बताएका छन् । कतिको त आफूले भोइस् रेकर्डसमेत राखेको उल्लेख गरेका देवकोटाले थप लेखेका छन्— ‘व्यक्तिगत रुपमा मलाई चुनावबाट पछि हुन धेरै जनाले फकाए/थर्काए । समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौँला । कसै कसैको त भोइस् रेकर्ड नै राखेको छु ।’

अरुको धम्कीबाट आफू विचलित नभएको देवकोटाको भनाइ छ । ‘लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रै होला । बोलेपछि, सही गरेपछि, बचनवद्ध भएपछि पूरा गर्नुपर्दछ,’ चुनावमा सत्तासिन एमालेका उम्मेदवार रामबहादुर थापालाई पराजित गरेका देवकोटाले लेखेका छन् ।

नेपाली कांग्रेस, माओवादी, एमाले (माधवकुमार नेपाल—झलनाथ खनाल) र जनता समाजवादी पार्टी (बाबुराम भट्टराई—उपेन्द्र यादव) को तर्फबाट उम्मेदवार बनेका देवकोटाले थापालाई १ हजार ७४ मतले पराजित गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =