‘देउवालाई प्रधानमन्त्री बनाउन एमाले नेताहरुले हस्ताक्षर गर्नुभएको छैन’
२०७८ जेठ ७ गते

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विषयमा एमाले नेताहरुले हस्ताक्षर नगरेको दाबी गरेका छन् । सचेतक भट्टराईले मकालु खबरसँग भने— ‘उहाँहरु (एमाले नेता) ले हस्ताक्षर गर्नुभएको छैन । हस्ताक्षरको दुरुपयोग भयो भन्ने सुनेको छु ।’
यता विपक्षी गठबन्धनबाट १४९ सांसदको हस्ताक्षर लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्रीमा दाबी पेश गर्न शीतल निवास पुगेका छन् ।
देउवालाई एमालेका २७ र जसपाका १३ सँगै माओवादीका ४९ र राजमोका १ सांसदले साथ दिएका छन् ।
२०७८ जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित








