एमाले कार्यदलको पहिलो बैठक बस्दै

काठमाडौं । एमाले विवाद मिलाउन गठन गरिएको कार्यदलको पहिलो बैठक आज (मंगलबार) बस्ने भएको छ ।

गएको शुक्रबार गठन गरिएको कार्यदलको पहिलो बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । सोमबारै बस्ने भनिएको बैठक बस्न सकेको थिएन । कार्यदलमा पार्टीभित्रको विवादको विषयमा छलफल शुरु हुने एक सदस्यले जानकारी दिए ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका पाँच पाँच जना नेता सम्मिलित कार्यदल गठन गरिएको हो ।

अध्यक्ष केपी ओलीले पार्टीको संगठन र आफु अनुकल बनाएको भन्दै वरिष्ठ नेता माधव नेपाल पक्षले २ जेठ ०७५ को एमालेको सांगठिक संरचनामा फर्किनुपर्ने अडान राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 12 =