ओलीलाई बामदेवको शुभकामना
मकालु खबर
२०७८ वैशाख ३१ गते
काठमाडौं । एमाले नेता बामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिएका छन् । मुलुकको ४३औं प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई गौतमले शुभकामना दिएका हुन् ।
‘पार्टी अध्यक्ष केपी शर्मा ओली नेपालका ४३औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु,’ गौतमले आफ्नो आधिकारिक फेसबूकमार्फत भनेका छन् ।
गत वैशाख २७ गते सदनबाट विश्वासको मत लिन नसकेर पदमुक्त भएका ओली नेपालको संविधानको धारा ७६ (३)बमोजिम शुक्रवार नै प्रधानमन्त्रीमा पुनःनियुक्त भएका हुन् ।
मकालु खबर
२०७८ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित