नेपालसहित चार नेताको रिट ‘हेर्न नभ्याइने’मा
२०७८ वैशाख १२ गते

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनाले सर्वोच्च अदालतमा दायर गरेको रिट ‘हेर्न नभ्याइने’मा परेको छ ।
केन्द्रीय कमिटी खारेर गरेर महाधिवेशन कमिटी बनाउने र आफूहरूमाथि कारबाही चलाउने एमाले अध्यक्ष केपी शर्मा ओलीलको निर्णय पार्टी विधान र कानुनविपरीत भएको भन्दै चार नेताले दायर गरेको रिटमा आइतबार प्रारम्भिक सुनुवाइ हुन नसकेपछि ‘हेर्न नभ्याइने’मा राखिएको हो ।
उक्त मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिए पनि समय अभावका कारण उक्त रिट ‘हेर्न नभ्याइने’मा परेको हो ।
चार नेताले निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नू/नगराउनू भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने माग गरेका छन् ।
२०७८ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित








