माओवादी केन्द्रले कहिले लिन्छ समर्थन फिर्ता ?
२०७८ वैशाख ६ गते

फाइल फोटो
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल हुनेछ । यसैगरी सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा पनि निर्णय हुनसक्ने बुझिएको छ ।
फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिएपनि सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै छ । समर्थन फिर्ता लिन दबाब परिरहेका बेला सरकारलाई समर्थन नरहेको कुरा लेखेरै दिने तयारी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समर्थन फिर्ता नलिएको भन्दै सरकार गठनमा अग्रसरता नदेखाएकोले माओवादी केन्द्र अन्ततः समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको बताइन्छ ।
२०७८ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित








