नेपालसँगै दुबई युरोप र अस्ट्रेलियामा एक साथ फेसन शो आयोजना गर्दै अधिकारी

काठमाडौँ । ‘हेरिटेज अफ फेसन नेपाल सिजन २’ जेठ २२ गते पोखरामा हुने भएको छ । दुबई, युरोप र अस्ट्रेलियामा समेत आयोजना हुने यो फेसन शो सभ्य र भव्य बनाउने आयोजकको तयारी छ ।

शोका आयोजक सन्तोष अधिकारी अस्ट्रेलियाको सम्पूर्ण तयारी सकेर नेपाल फर्किसकेका छन् । उनले नेपालमा समेत दोस्रो लहरको कोरोना जोखिम बढेकाले थोरै जनशक्तिको सहभागितामा कार्यक्रम गरिने बताए ।

उक्त फेसन शोमा नेपाली तथा विदेशी मोडलहरूको सहभागिता रहनेछ । कोरोनाले विश्व नै आक्रान्त बनेको बेला नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएका छन् । यसअघि मार्च १५ मा आयोजना हुने भनिएको कार्यक्रम कोरोनाका कारण रोकिएको हो ।

प्रतिक्रिया