चितवनमा ट्रक दुर्घटना : दुईको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले मकालु खबरलाई दिएको जानकारीअनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ ।

नारायणगढ मुग्लिन सडकखण्डमा बुधबार दिउँसो ट्रक दुर्घटना हुँदा उक्त प्रकृतिको घटना भएको प्रजिअ लामिछानेले बताए । ‘आजै दिउँसोको घटना हो,’ लामिछानेले भनेका छन्, ‘थप व्यवस्थापनमा छौँ ।’

लामिछानेका अनुसार सो सडकको भरतपुर महानगरपालिका–२९ दासढुंगामा दिउँसो साढे ४ बजे नारायणगढबाट मुग्लिन जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको ट्रकले मुग्लिनबाट आइरहेको बा २१ च ६८५९ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

घाइते भएका तनहुँका २८ वर्षीय धर्मराज गौली र कास्की लेखनाथका ३१ वर्षीय रामकृष्ण भुजेलको मृत्यु भएको छ ।  उपचारका लागि भरतपुर ल्याउँदै गर्दा उनीहरूको बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते कारका चालक लमजुङका पदम सापकोटा र अर्का घाइते स्याङ्जाका प्रसाद थापाको भरतपुरमा रहेका छन् ।

प्रतिक्रिया