४० वर्षपछि आमालाई भेट्दाको खुसी (तस्वीरहरू)

काठमाडौं । भारतस्थित पश्चिम बंगालको सेन्ट्रल जेलमा ४० वर्ष बसेर शनिबार जेलमुक्त भएका दुर्गाप्रसाद तिम्सिना [दीपक जैसी] आइतबार आफ्नो घर आइपुगेका छन् ।
दुर्गाप्रसाद आइतबार दिउँसो घर आइपुगेका हुन् । आफ्नी आमालाई मिठाइ बोकेर स्वदेश फर्किएका दुर्गाप्रसादले ‘नेपाल आउँदा कस्तो लाग्यो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा भने‚ ‘हो, आइयो ।’
दुर्गाप्रसादले भारतीय सञ्चारमाध्यमहरुसँग आफू निर्दोष रहेको बताएका थिए ।
दुर्गाप्रसादलाई लिन उनका भाइ प्रकाशचन्द्र तिम्सिनालगायत परिवार तथा आफन्तजन भारत पुगेका थिए । अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रबार अपराह्न अदालतले पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई मुक्त गरेको हो ।
त्यहाँस्थित उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार उनलाई छाड्न आदेश दिएको थियो ।









सम्बन्धित समाचार


