४० वर्षपछि जन्मभूमि टेक्दा [तस्बिरहरु]

काठमाडौं । भारत पश्चिम बंगालको सेन्ट्रल जेलमा ४० वर्ष बसेर शनिबार जेलमुक्त भएका दुर्गाप्रसाद तिम्सिना [दीपक जैसी] आइतबार नेपाल आइपुगेका छन् ।

दुर्गाप्रसाद आज बिहान काँकडभिट्टा आइपुगेका हुन् । आफ्नी आमालाई मिठाई बोकेर स्वदेश फर्किएका दुर्गाप्रसादले ‘नेपाल आउँदा कस्तो लाग्यो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा भने– हो, आइयो ।

दुर्गाप्रसाद आजै इलाम जानेछन् । दुर्गाप्रसादले भारतीय सञ्चारमाध्यमहरुसँग आफू निर्दोष रहेको बताएका थिए ।

दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र मिम्सिनालगायत परिवार तथा आफन्तजन भारत पुगेका थिए । अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रबार अपराह्न अदालतले पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई मुक्त गरेको हो ।

त्यहाँस्थित उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार उनलाई छाड्न आदेश दिएको थियो । |तस्बिरः मकालु खबर|

प्रतिक्रिया