४० वर्षपछि भारतीय जेलबाट छुटे दुर्गाप्रसाद, भने– निर्दोष थिएँ

काठमाडौं । ४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार छुटेका छन् । छुटेलगत्तै भारतीय सञ्चारमाध्यमहरुसँग मिम्सिनाले ‘म निर्दोष थिएँ’ भनेर प्रतिक्रिया दिएका छन् ।

शारीरिक र मानसिक रुपमा कमजोर उनी भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) रहँदै आएका थिए । उनी कोलकाता उच्च अदालतको आदेशबमोजिम छुटेका हुन् ।

दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र मिम्सिनालगायत परिवार तथा आफन्तजनहरु भारत पुगेका थिए । अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रबार अपराह्न अदालतले जेल पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई छाडेको हो ।

उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार उनलाई छाड्न आदेश दिएको थियो ।

प्रतिक्रिया