बाबुरामकाे पुस्तक ‘गुमनाम आमाहरूको कथा’ फागुनबाट बजारमा

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको नयाँ पुस्तक सार्वजनिक हुने भएको छ ।
भट्टराईले लेखेको ‘गुमनाम आमाहरूको कथा’ पुस्तक फागुन १ गते सार्बजनिक हुने भट्टराईले जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा पुस्तकको मुखाकृती सार्वजनिक गर्दै भट्टराईले भनेका छन्, ‘मेरो संस्मरणात्मक र अनुभूतिजन्य नयाँ किताब “गुमनाम आमाहरूको कथा” फागुन १ गतेबाट उपलब्ध हुनेछ ।’

गैरआख्यान विधाको पुस्ताक प्रकाशन फाइनप्रिन्ट बुक्सले गरेको हो ।

प्रतिक्रिया