क्यानेडियन अभिनेता क्रिस्टोफरको निधन

एजेन्सी । ओस्कार अवार्ड विजेता क्यानेडियन अभिनेता क्रिस्टोफर प्लमरको शुक्रवार निधन भएको छ । उनका म्यानेजर लो पिटले प्लमरको निधनको खबर पुष्टि गरेका हुन् ।

५० वर्ष भन्दा लामो समय चलचित्र क्षेत्रमा बिताएका क्रिस्टोफरले एक ओस्कर अवार्ड, दुई टोनी अवार्ड तथा दुई एमी अवार्डबाट सम्मानित थिए।विश्वमा नै वेस्ट म्युजिकल फिल्म मानिएको ‘द साउन्ड अफ म्युजिक’ चलचित्रमा उनले क्याप्टेन वन ट्र्यापको भूमिका निभाएका थिए । सन् २०१२ मा चलचित्र ‘विगिन्नरा’ उनले ८२ वर्षको उमेरमा अभिनय गरेका थिए। जसका लागि उनलाई सर्पोटिङ एक्टरको अवार्ड मिलेको थियो ।

प्रतिक्रिया