बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक, के होला निर्णय ?

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बिहान मात्रै जानकारी दिएर आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईका अनुसार अहिले बैठक शुरु भइसकेको छ । पछिल्लो पटक सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताबारे मन्त्रिपरिषद्मा छलफल हुने बुझिएको छ ।

अध्यादेश चौतर्फी विरोधपछि पुस १ गते नै फिर्ता लिने सहमतिमा प्रधानमन्त्री ओली पुगेका थिए । तर औपचारिक रुपमा यस अध्यादेश फिर्ता भएको छैन ।

प्रतिक्रिया