नेहा र रोहनप्रित बुबा आमा बन्दै

एजेन्सी । बलिउडकी चर्चित गायिक नेहा कक्कड र रोहनप्रित सिहंले दुई महिना अगाडि बिहे गरेका थिए । उनिहरुले यस वर्षकाे अक्टोबर २६ मा दिल्लीको गुरुद्वारामा बिहे गरेका हुन् ।

उनीहरूको विवाह र हनिमूनको बिषयमा पनि धेरै चर्चा भएको थियो । अब नेहा र रोहन चाडै नै आमा बुबा बन्ने भएका छन् । सामाजिक सञ्जाल इन्ट्राग्राममा नेहाले आफू आमा बन्ने तयारीमा रहेको कुरा जानकारी दिएकी छिन् । नेहाले रोहनसँग एक तस्वीर सेयर गर्दै लेखेकी छिन् –‘अबदेखि मेरो ख्याल राख्ने गर ।’

नेहा र रोहनकाे यो तस्वीरमा उनीहरुका प्रशंसक र फ्यानहरूले धेरै बधाई दिइरहेका छन् ।

प्रतिक्रिया