नेकपा केन्द्रीय सचिवालय बैठक २ बजेका लागि सर्यो
मकालु खबर
२०७७ मंसिर १७ गते
काठमाडौं । बुधबार १ बजेका लागि बोलाइएको बैठक २ बजेका लागि सारिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएका जानकारीअनुसार १ बजेका लागि बोलाइएको बैठक २ बजेका लागि सारिएको हो ।
यसअघि हिजो बसेको सचिवालय बैठकमा अनौपचारिक कुराकानी मात्रै भएको थियो । त्यसपछि अर्का नेकपा अध्यक्ष (कार्यकारी) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज १ बजेका लागि बैठक आह्वान गरेका थिए ।
यता प्रधानमन्त्री ओली भने आजको बैठक सार्ने जोडबलमा छन् ।
मकालु खबर
२०७७ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित