प्रधानमन्त्रीका दुई सल्लाहकार रिमाल र थापालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।

शुक्रबार श्वाब संकलन गरी परिक्षण गर्न दिएको र आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको रिमालले बताएका छन् ।

यस्तै प्रेस सल्लाहकार थापाले शनिवार सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई कारोना पोजिटिभ भएको जानकारी दिएका हुन्।

प्रतिक्रिया