रियाको बयान–‘सुशान्त २०१३ देखि एक मनोचिकित्सकको सम्पर्कमा थिए’
मकालु खबर
२०७७ भदौ ११ गते
एजेन्सी । रिया चक्रवर्तीले आज एक विशेष साक्षात्कार अन्तर्वार्ता दिएकी छिन् ।
जसमा उनले आफैँमाथि लगाइएको आरोपको जवाफमा युरोप यात्राको सत्य कुरा खुलाएकी छिन् ।
अन्तरवार्ताको क्रममा यी कुराको खुलासा गरिन्ः
युरोपको यात्रा तय गरेको दिनमा सुशान्तले भने–मसँग क्लस्टोफोबिया छ । म उडानमा बस्ने बेला औषधि लिन्छु । उडानमा चढ्नु पहिले नै सुशान्तले त्यो औषधि खाइसकेका थिए । युरोप पुगेपछि हामी पेरिस गयौं । तर, सुशान्त तीन दिनसम्म कोठाबाट बाहिर निस्केनन् । त्यसपछि हामी स्विजरल्याण्ड गयौं । सुशांत त्यहाँ एकदम खुशी थिए । हामी स्विजरल्याण्डबाट इटाली गयौं । त्यहा पुगेर गोथिक होटलमा बस्यौं हामी । कोठामा डोम प्रकारको संरचना थियो । म डराएँ, सुशान्त पनि त्यो रात सुत्न सकेन । उनले भने– म डराएको छु । त्यसो भए चेकआउट गरौंन भने मैले । तर, सुशान्तले मानेन ।
मकालु खबर
२०७७ भदौ ११ गते
प्रतिक्रिया
सम्बन्धित