कालीकोट पुगेर नायक पल शाहले गरे बाढी पीडितलाई सहयोग

काठमाडौं । नायक पल शाहले कालीकोट पुगेर बाढी पहिरो पीडितहरुलाई सहयोग गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा पीडितहरुलाई सहयोग गरिएको हो ।

पलसहितको टिम गत भाद्र ६ गते शनिबार कालीकोटको नरहरिनाथ गाउँपालिकामा पुगेर बाढी पीडितहरुलाई पहिलो चरणको सहयोग गरेको थियो । अहिले उनीलगायतको टिम दोस्रो चरणको राहत सहयोग लिएर सो ठाँउ पुगेको हो ।

नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा ठूलो जनधनको क्षती भएको उक्त ठाँउमाबाढी पहिरो पीडितलाई राहतको आवश्यकता देखेर पल कालीकोट पुगेका हु्न ।

उनीहरुले बाढी पहिरो पीडित परिवारलाई खाद्यान्न, लत्ता कपडासहितका सामाग्रीहरु वितरण गरेका छन् । आफू कालीकोट पुगेर सहयोग गरेको पलले सामाजिक सञ्जाल फेसबूकमार्फत् जानकारी दिएका छन् ।

उनको यो सहयोगमा कर्णाली प्रदेश सरकारले पनि साथ दिएको छ । त्यस्तै कर्णाली प्रदेशका प्रहरी प्रमुख बसन्त पन्त, महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलका साथै कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेलगायतले पनि पलको उक्त कार्यमा साथ दिएका छन् ।

नायक पल पछिल्लो समय सामाजिक कार्यमा निकै नै सक्रिय देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *