‘डार्क मून’ सार्वजनिक [फिल्मसहित]

काठमाडौं । फिल्म पत्रकारितामा सक्रिय रामजी ज्ञवालीको निर्देशन रहेको छोटो चलचित्र ‘डार्क मून’ सार्वजनिक भएको छ ।   उक्त चलचित्र ‘द सेलिब्रेटी टाइम्स’कै युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

साहिल खान, सूर्य थापा, क्रिजन गौतम, तनुजा कार्की, निशाव लम्साल, यूमी बरालको अभिनय रहेको छोटो चलचित्र ‘डार्क मून’मा सामाजिक यथार्थ घटनालाई देखाउन खोजिएको छ ।

एउटी आमाले सन्तानप्रतिको दायित्व बिर्सँदा उनका सन्तानको भविष्य कतातर्फ जान्छ भन्ने कुरालाई देखाईएको छ । प्रदीप भारद्धाजको कथा रहेको यो चलचित्रलाई कृष्मा गौतम र सारा भुर्तेलले निर्माण गरेका हुन् ।

चलचित्रलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने सुदिप बरालको डीओपी, एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, विशाल निरौलाको गायन तथा सङ्गीत र साहिल खानको सम्पादन रहेको छ ।

रामजीको निर्देशनमा यसअघि ‘लकडाउन’ नामक छोटो चलचित्र सार्वजनिक भएको थियो ।

https://youtu.be/C7T94cRTjhM?t=6

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *