सोती नरसंहार : ‘राज्यले टालटुल गर्न खोज्दैछ’ [भिडिओ सहित]

काठमाडौं । गत जेष्ठ १० गते आफ्नो साथीहरुसँग आफ्नो प्रेमिका लिन रुकुम–पश्चिमको चौरजहारी पुगेका नवराज विश्वकर्मा त्यहाँबाट घर फर्केनन् । नवराजसँगै गएका टीका नेपाली, गणेश बुढामगर, लोकन्द्र सुनार, सन्जु विश्वकर्मा र गोविन्द शाहीहरुले पनि पनि पुनः घर देख्नै पाएनन् । यो दुःखद घटनाको कारण थियो, अन्तरजातीय विवाह । जहाँ, एउटा दलित समुदायका नवराजले मल्ल थरकी केटीलाई लिन गएका थिए । तर उनीहरु सबै सपना भेरीमा सेलियो ।
माइतीघर मण्डला–बानेश्वरमा गरिएको प्रदर्शन। तस्वीरः सागर बाबु भट्ट, मकालु खबर
त्यसपछि सडकदेखि सदनसम्म आवाज उठ्यो । नागरिक समाज जागे । सरोकारवालाहरु तातिए । अभियन्ताहरु जुर्मुराए । दलित समुदायले त काँचुली नै फेरेर सडक संघर्ष गर्यो । राजनीतिक दलहरुले पनि विभिन्न माध्यमबाट खबरदारी अनि दोषीमाथि कारबाही गर्न माग राखे । तर सरकारले न कसैको मागको सम्बोधन गर्यो । न आफैँले प्रभावकारी काम गर्न सक्यो । सरकारको यो कदम उसको नियतसँग जोडिएको राजनीतिक विश्लेषक तथा अभियन्ता आहुती बताउँछन् । उनी भन्छन्, “सरकारले यसलाई सामान्य भवितव्यको रुपमा लियो । यो राज्यको नियतसँग सम्बन्धित छ । यसलाई ढाकछोप गर्न खोजिएको छ, तर चेतनशील मान्छेहरुको दबाबले सरकारले यत्तिकै बेवास्ता गर्न पाउँदैन । सर्वसाधारणदेखि सञ्चारमाध्यमसम्मको कुरा नसुनेको राज्यकै पक्षमा वकालत कतिपय सांसद तथा नेताहरुले गरेको जानकारहरु बताउँछन् ।
माइतीघर मण्डला–बानेश्वरमा गरिएको प्रदर्शन। तस्वीरः सागर बाबु भट्ट, मकालु खबर

सोती नरसंहारलाई ढाकछोप तथा टालटुल गर्न खोजिएको साझा पार्टीका केन्द्रीय सदस्य तथा अभियन्ता प्रकाशचन्द्र परियार बताउँछन् । उनी भन्छन्, “सोती नरसंहारलाई ढाकछोप गर्न खोजिएको छ । जबसम्म यसलाई ठूलो समस्याका रुपमा  लिइँदैन, त्योबेलासम्म यस्ता घटनाहरु घटिरहन्छ । यसलाई राज्यले सम्बोधन गरेर समाधानतिर जानुपर्छ ।” त्यसो त राज्यले पनि वडाध्यक्षसमेतकै संलग्नतामा दलित समुदायको मान्छे मारिनुलाई सामान्य रुपमा लिन नहुने हो । राज्यले सबैको मागको सम्बोधन गरेर समाधानतिर गए समाजमा अमन–चयन तथा शान्ति समृद्धि कायम हुन्थ्यो कि ?

प्रदर्शन हेर्नुस्।

https://www.facebook.com/makalukhabar/videos/910667872749903/?t=1

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *