कोरोना जितेर घर फर्किएका युवाले गरे आत्महत्या ?
मकालु खबर
२०७७ असार २३ गते
पाल्पा । पाल्पाकाे रम्भा गाउँपालिका–४ हुमिनका २० वर्षीय एक युवाले आत्महत्या गरेका छन् ।
एक महिनाअघि भारतको मुम्बईबाट घर फर्किएका उनी जनहित भगवती माविको क्वारेन्टिनमा बसेका थिए । त्यहाँबाट परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमणपछि तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा राखिएको थियो । निको भएर घर फर्किएकै दिन उनले घरकै दलानमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
मृतक युवाका बुवा तराईमा बस्दै आएका छन् भने आमा वर्षौँदेखि बेपत्ता छिन् ।
मकालु खबर
२०७७ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित