संकटमा ओली, मन्त्रिपरिषद् बैठकअघि पुगे शीतल निवास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

पछिल्लो समय नेकपाको स्थायी समिति बैठकमा प्रम ओलीको राजीनामा मागिएको छ । बैठकमा बोल्ने अधिकांश सदस्यले राजीनामा मागेपछि ओली संकटमा छन् । आफू पक्षका नेताहरुले समेत साथ छोडीरहेको अवस्थामा छलफलका लागि उनी केहीबेरअघि राष्ट्रपति निवास शीतलनिवास पुगेका हुन् ।

आजै मन्त्रिपरिषद् बैठक पनि बस्दै छ । प्रधानमन्त्री ओलीले बेठक बोलाएका हुन् । प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 4 =