सिके राउतसँग ‘फ्रि मधेस’ त्याग्ने सम्झौता भएको होः गृहमन्त्री

 

फागुन २७, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सिके राउतसँग ‘स्वतन्त्र मधेस’ त्याग्ने गरी सरकारसँग सम्झौता भएको बताएका छन् । 

सरकार र सिके राउतबीच भएको सम्झौताका विषयमा पार्टीभित्रै किचलो भइरहँदा गृहमन्त्री थापाले भैरहवामा आयोजित प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधनका क्रममा यस्तो बताएका हुन् ।  

null

उनले राष्ट्रिय स्वार्थविपरीत संविधानमा व्यवस्था नै नभएको जनमत संग्रह सरकारले गर्न नसक्ने भन्दै  जनमत संग्रहका विषयमा सहमति नभएको स्पष्ट पारे । ‘उहाँका कार्यकर्ताहरुसम्म सहमतिको कुरा नपुगेको हुनसक्छ, जनमत संग्रह वा स्वतन्त्र मधेश राख्नेबारे अरु कुनै सहमति भएको छैन’, उनले भने । 

मूलधारको राजनीतिमा आउने सहमति गरेर जनकपुर पुगेका सिके राउतको समर्थनमा आइतबार उनका कार्यकर्ता तथा समर्थकहरुले ‘फ्रि मधेस’ को ब्यानर र ज्याकेट प्रयोग गरेका थिए । यसरी सरकारसँगको सम्झौता उल्लंघन भइरहँदा गृहमन्त्री थापाले भने सिके राउतसँग जनमत संग्रहका विषयमा सहमति नभएको दाबी गरेका हुन् । 

शान्ति सुरक्षाका लागि खतरा रहेको स्वतन्त्र मधेस गठवन्धनलाई राजनीतिको मूलधारमा ल्याउन सरकार सफल भएको उनको भनाइ थियो । 

यस्तै उनले शान्ति सुरक्षा कायम गर्नु सरकारको दायित्व भएको भन्दै त्यसका लागि जुनसुकै कदम चाल्न पनि सरकार तयार रहेको बताए । विप्लवलाई हिंसा रोकेर सरकारसँग सहमतिमा आउन पनि उनले सुझाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 2 =