कोरोना संक्रमित युवतीको उपचार बागलुङमै हुने
२०७६ चैत १६ गते

सांकेतिक तस्विर
चैत १६, पोखरा । कोरोना भाइरस संक्रमित बागलुङकी १९ वर्षीया युवतीको उपचार धौलागिरी अस्पतालमा उपचार गरिने भएको छ ।
बेल्जियमबाट नेपाल आएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीय युवती चैत्र ४ मा नेपाल आएकी थिइन् । शनिबार उनीमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
उनको अवस्था अहिले सामान्य रहेको प्रदेश स्वास्थ निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । उनका अनुसार गृह र स्वास्थ्य मन्त्रालयले पनि बागलुङमै उपचार गर्न अनुमति दिइसकेको छ ।
२०७६ चैत १६ गते
प्रतिक्रिया
सम्बन्धित








