सरकारका नराम्रा काम सच्याउन दबाब दिनुपर्छः नेकपा नेता रावल

असार १२, कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले सरकारले प्रेसमाथि अंकुश नलगाउने बताएका छन् । 

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार भेटघाटमा नेता रावलले स्वतन्त्र प्रेसमाथि अटल विश्वास राख्ने भन्दै अंकुश नलगाउने बताएका हुन् । 

सरकार परिवर्तनको विषयमा बोल्दै उनले आवश्यकता र मुल्यांकनका आधारमा सरकार परिवर्तन हुनुपर्ने धारण राखे । 

null

‘सरकारको काम कारबाही, मन्त्रालयगत प्रगति लगायतको समीक्षा, मुल्यांकनका आधारमा सरकार तथा मन्त्रीमण्डल फेरबदल गरिनुपर्छ । सरकारका राम्रा कामहरु जनतासम्म प्रचार प्रसार गरिनुपर्छ । नराम्रा कामहरुलाई सच्याउन दबाब दिनुपर्छ’, उनले भने । 

उनले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला कमिटीले पूर्णता पाइसकेको जानकारी गराउँदै जिल्ला कमिटिमा वरियताका आधारमा छुटेका व्यक्तिलाई जिल्लाको सिफारिसका आधारमा कमिटिमा ल्याउन सक्ने सहमति भएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =