पार्टी एकता क्रान्ति र आन्दोलनका बलमा भएको होः प्रचण्ड

फागुन १, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्धिको अभियानमा गोलबद्ध भएर अघि बढ्न आह्वान गरको छन् । 

बुधबार जनयुद्ध सुरु गरेको दिनको सम्झनामा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ‘कन्फ्युजन र भ्रम’ छाडेर गोलबद्ध हुन सबै कम्युनिस्टहरुलाई आह्वान गरेका हुन् । 

अध्यक्ष प्रचण्डले एमाले र माओवादीको एकताले विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ सन्देश दिएको दाबी गर्दै विश्वमा कम्युनिस्ट रक्षात्मक अवस्थामा पुग्दा नेपालमा लोकतान्त्रिक बाटोबाटै दुई तिहाइको सरकार चलाइरहेको स्पष्ट पारे । 

null

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनयुद्ध, शान्ति सम्झौता, हतियार समायोजन, संविधान निर्माण र तीन तहको चुनाव सम्पन्न गर्नु सामान्य परिघटना नभएको बताए। ‘नेपालमा के हुँदैछ भनेर सांसरले तिखो आँखाले हेर्नुपर्ने र कान खोलेर सुन्नुपर्ने भएको छ’, उनले भने। 

त्यस्तै प्रचण्डले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली कार्य व्यस्तताका कारण कार्यक्रममा उपस्थित नभएको जानकारी गराए । उनले भने, ‘सरकारको एक वर्ष पुगेको अवसरमा नगरी नहुने कामको चापले उहाँ कार्यक्रममा आउन सक्नुभएन । दुबैको समझदारीबाट देशभर कार्यक्रम तय गरिएको हो ।’ 

प्रचण्डले पार्टी भित्रै फाटो ल्याउने, नेताहरुबीचको एकतालाई कमजोर पार्ने षड्यन्त्र भएको जिकिर गर्दै भने,  ‘पार्टी एकता हामीलाई कसैले दया, माया गरेर भएको होइन । यो क्रान्ति र आन्दोलनका बलमा भएको हो। हामी प्रतिक्रियावादीको ‘प्रभोकेसन’ मा आउने छैनौं।’  

पार्टी एकता ढिलो भएकोमा के होला भन्ने चिन्ता भइरहेका बेला भएको यो कार्यक्रमले केही दिनभित्र पार्टी एकता टुंग्याउने प्रेरणा दिएको समेत उनले बताए । 

कार्यक्रममा पूर्व एमालेबाट महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, भीम रावल, युवराज ज्ञवालीलगायत छन् भने दर्शकदीर्घामा पूर्व माओवादी तर्फका सांसदहरू उपस्थित छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =