‘युवा विदेश पठाउने सम्झौता मात्रै भएका छन्, देशको शिर निहुरिएको छ’

 

असार ४, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको बजेटप्रति असन्तुष्टि जनाएका छन् । 

बुधबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि भएको छलफलमा भाग लिँदै पूर्व ऊर्जामन्त्री समेत रहेका शर्माले झण्डैँ २ करोड बजेट रहेको तर, यसले नपुग्ने भन्दै मिल्छ भने अर्को २ करोड थपिदिन आग्रह गरे । 

null

उनले आफ्नो जिल्लाका जनता अँध्यारोमा बस्नुपरेको भन्दै गुनासो पोखे । उनले भने, ‘आफ्नो नेतृत्वमा लोडसेडिङ अन्त्य भएको हो । त्यो गरे वापत मैँले सजाय पाएँ । मेरो जिल्लाका जनताले फेरि अँध्यारोमा बस्नुपर्ने भयो, त्यसका लागि म मन्त्रीजीलाई धन्यवाद दिन चाहन्छु ।’ 

यस्तै सांसद शर्माले युवाहरुलाई विदेश पठाउने कुरा मात्र भएको भन्दै देशको शिर निहुरिएको बताए । युवाहरुलाई विदेश पठाएर मात्रै देशको विकास नहुने उनको भनाइ छ । 

संसदमा उनले भने, ‘देशभरी श्रम सहकारी गठन होला, तीनलाई तालिम दिइएला, साधन स्रोत दिइएला, अनि हजारौँ युवाहरुलाई काम दिइएला भन्ने सोचेको थिएँ । अहिले विदेशमा कहाँ के सम्झौता भयो भनेर छाती फुलाउने अवस्था छ । देशको शिर निहुरिएको छ, म दुःखी छु । युवाहरुलाई विदेश पठाएर मात्र हुँदैन।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =