विप्लवको बन्दः नेकपा सांसद जाममा !

 

जेठ १३, काठमाडौं । सोमबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले गरको नेपाल बन्दका कारण सवारी साधनहरु निकै पातलो भइरहँदा नेकपा सांसदले भने आफू जाममा परेको बताएका छन् । 

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सत्तारुढ नेकपा सांसद महेश बस्नेतले आफू जाममा परेको बताएका हुन् । 

null

सांसद बस्नेतले भने, ‘विप्लवको बन्दलाई जनताले अस्वीकार गरेको प्रमाणित भइसकेको छ । सभामुखज्यू आज म सदनमा १० मिनेट ढिला आइपुगे किनभने आज कोटेश्वरको जाम अरु दिन भन्दा १० मिनेट बढी थियो । विप्लव समूहको बन्दलाई जनताले अस्वीकार गरेका प्रमाण त्यही हो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =