रड र ढुंगा प्रहार गरी २० वर्षीय युवाको हत्या

 

फागुन २७, खस्यौली । रुपन्देहीको देवदह नगरपालिकामा एक युवाको हत्या भएको छ । 

मोटरसाइकलमा सवार देवदह–५ का २० वर्षीय अनिश पुरीलाई अज्ञात समूहले गएराति आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए । 

null

स्थानीय खैरेनीबाट भलुहीतर्फ जाँदै गर्दा उनीमाथि रड र ढुङ्गा प्रहार भएको तथा उपचारका लागि देवदह मेडिकल कलेज लगेपछि मृत घोषणा गरिएको थियो । 

सो घटनामा संलग्न भएको आशङ्कामा केहीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रनाउ मल्लले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 7 =