न्यायाधीशद्वय जनक पाण्डे र साधुराम सापकोटा तानिए न्यायपरिषद्मा,विराटनगर उच्च अदालतका मात्रै ७ न्यायधीशमाथि छानबिन

विराटनगर। विराटनगर उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र साधुराम सापकोटा पनि न्यायपरिषद्मा तानिएका छन् । साढे ३३ किलो सुनकाण्डका आरोपितहरूलाई छाड्ने विवादास्पद आदेश गरेको आरोपमा उनीहरूलाई विस्तृत छानविनका लागि न्यायपरिषद् तान्ने निर्णय भएको हो । 

यसअघि पनि सोही साढे ३३ किलो सुनकाण्डमा विवादास्पद आदेश गरेको आरोपमा विराटनगर उच्च अदालतका ५ जना न्यायाधीशलाई तानिएको थियो । 

न्यायाधीशहरु नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, सारङ्गा सुवेदी, उमेशराज पौडेल र उमेश कुमार सिंहलाई परिषद सचिवालयमा तानिएको हो ।   

null

न्यायपरिषद्मा तानिएका उनीहरुमाथि अहिले विस्तृत छानबिन चलिरहेको छ ।  न्यायधीश पाण्डे र सापकोटालाई पनि न्यायपरिषद्मा झिकाएर विस्तृत छानबिन गर्ने निर्णय प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको सक्रियतामा केही दिनअघि निर्णय भएको हो । 

विवादास्पद आदेश वा फैसला गरेको आरोपमा न्यायपरिषद्मा तानिने न्यायधीशको संख्या बढ्दै गएको छ । विराटनगर उच्च अदालतका मात्रै ७ न्यायधीशमाथि छानबिन चलिरहेको छ । 

तस्करीको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको संगठित अपराध, कर्तव्य ज्यान तथा शरीर बन्धक तथा अपहरण मुद्दामा गलत नियतले न्याय सम्पादन गरेको भन्दै न्याधीशहरुमाथि छानबिनका लागि परिषद्मा तानिएको हो ।   

साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लावारीका सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले पुर्पक्षमा पठाएका अभियुक्तमध्ये केहीलाई उच्च अदालतले धरौटी र साधारण तारेखमा रिहा गरेको थियो ।  

न्यायाधीशहरुले गलत नियतका साथ न्याय सम्पादन गरी आदेश उल्ट्याएको भन्दै महान्यायाधीवक्ताको कार्यालयले न्याय परिषदको ध्यानाकर्षण गराएको थियो । 

यस्तै सुन काण्डको मुद्दामा गलत नियतका साथ न्याय सम्पादन भएको भन्दै परिषदमा उजुरी समेत परेको जनाइएको छ । ३३ किलो सुनकाण्डमा पक्राउ परेका धेरैजसो आरोपित तारेकमा छुटिसकेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 16 =