चितवनमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १६ जना घाइते

चितवन, साउन २३ ।  चितवनमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।

मंगलबार राति काठमाडौंबाट काँकडभिट्टाको लागि छुटेको ना ६ ख १७४१ नम्बरको बस र हेटौंडाबाट नारायणगढको लागि छुटेको ना ५ ख ५९ ४१ नम्बरको ट्रक रत्ननगर नगरपालिका १० टाँडीमा ठोक्किँदा ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालिका २ का ३४ वर्षका मोहन घिसिङ र सहचालक ३० वर्षका बुद्धिमान लामाको घटनास्थलमै  मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिलाको भने पहिचान भएको छैन । घाइतेको चितवनमा रहेको नयाँ र पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + seven =