चितवनमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १६ जना घाइते
२०७४ जेठ १५ गते

“
चितवन, साउन २३ । चितवनमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।
मंगलबार राति काठमाडौंबाट काँकडभिट्टाको लागि छुटेको ना ६ ख १७४१ नम्बरको बस र हेटौंडाबाट नारायणगढको लागि छुटेको ना ५ ख ५९ ४१ नम्बरको ट्रक रत्ननगर नगरपालिका १० टाँडीमा ठोक्किँदा ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालिका २ का ३४ वर्षका मोहन घिसिङ र सहचालक ३० वर्षका बुद्धिमान लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक महिलाको भने पहिचान भएको छैन । घाइतेको चितवनमा रहेको नयाँ र पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








