कोइराला निवासमा सुरक्षा युनिट राख्न माग

 

जेठ २२, विराटनगर । नेपाली कांग्रेस मोरङले कोइराला निवासमा हटाइएका सुरक्षाकर्मीको युनिट पुनः राख्न सरकारको ध्यानाकर्षण गरेको छ । 

नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति शिवनारायण सिंह गन्गाईले बुधबार एक विज्ञप्ति प्रकाशित गरी सुरक्षा युनिट राख्न माग गरेका हुन् । विज्ञप्तिमा ऐतिहासिक महत्व बोक्ने निवासबाट सुरक्षाकर्मी हटाउनु दुःखद भएको उल्लेखछ । गन्गाईले यो विषयमा चासो लिएर पहल गर्न कांग्रेसको केन्द्रीय समितिको पनि ध्यानाकर्षण गराएका छन् । 

null

गृहमन्त्रालयले परिपत्र गरी निवाससहित पूर्वविशिष्ट व्यक्तिको निवासमा खटिएका सुरक्षाकर्मीलाई नियमित कामकाजमा खटिन निर्देशन दिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =