सिद्धार्थ शुक्ला बने ‘बिग बोस १३’ को बिजेता

फागुन ४, काठमाडौँ । भारतीय रियालिटी शो ‘बिग बोस सिजन १३’ को बिजेता चर्चित टेली अभिनेता  सिद्धार्थ शुक्ला घोषित भएका छन् ।   

उनले आफूसँगै फाईनलमा पुगेका आसिम रियाजलाई उछिन्दैँ यो उपाधी हात पार्न सफल भएका हुन् । बिजयी भएसँगै उनले  ५० लाख भारु र एउटा कार पाएका छन् ।   

सन् २०१९ को सेप्टेम्बर २९ तारिखमा सुरु भएको यस सिजन करिब साढे चार महिनासम्म चलेको थियो ।  शोको फाइनलमा  सिद्धार्थ शुक्ला, आसिम रियाज, शहनाज गिल, रश्मि देसाई, आरती सिंह र पारस छाबडा गरी ६ जना  प्रतिस्पर्धामा उत्रेका थिए । 

Image result for बिग बोस १३’ को १४० दिनको यात्रा समाप्त, सिद्धार्थ शुक्ला बने बिजेता

ग्रान्ड फिनालेमा सबैभन्दा पहिले  बाहिरिएका पारस छाबडाले  १० लाख भारु लिएर बिजेताको प्रतिस्पर्धाबाट आफूलाई अलग्गयाएका थिए ।  त्यसपछि जनताको भोटको आधारमा आरती सिंह, रश्मि देसाई र शहनाज गिल उक्त शोबाट बाहिरिएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =