सिद्धार्थ शुक्ला बने ‘बिग बोस १३’ को बिजेता
२०७६ फागुन ४ गते

फागुन ४, काठमाडौँ । भारतीय रियालिटी शो ‘बिग बोस सिजन १३’ को बिजेता चर्चित टेली अभिनेता सिद्धार्थ शुक्ला घोषित भएका छन् ।
उनले आफूसँगै फाईनलमा पुगेका आसिम रियाजलाई उछिन्दैँ यो उपाधी हात पार्न सफल भएका हुन् । बिजयी भएसँगै उनले ५० लाख भारु र एउटा कार पाएका छन् ।
सन् २०१९ को सेप्टेम्बर २९ तारिखमा सुरु भएको यस सिजन करिब साढे चार महिनासम्म चलेको थियो । शोको फाइनलमा सिद्धार्थ शुक्ला, आसिम रियाज, शहनाज गिल, रश्मि देसाई, आरती सिंह र पारस छाबडा गरी ६ जना प्रतिस्पर्धामा उत्रेका थिए ।

ग्रान्ड फिनालेमा सबैभन्दा पहिले बाहिरिएका पारस छाबडाले १० लाख भारु लिएर बिजेताको प्रतिस्पर्धाबाट आफूलाई अलग्गयाएका थिए । त्यसपछि जनताको भोटको आधारमा आरती सिंह, रश्मि देसाई र शहनाज गिल उक्त शोबाट बाहिरिएका थिए ।
२०७६ फागुन ४ गते
प्रतिक्रिया
सम्बन्धित








