फरार अभियुक्त चौधरी पक्राउ

उदयपुर, जेठ २८ । कर्तव्य ज्यान मुद्दा लागेका फरार रहँदै आएका एक व्यक्ति सोमबार उदयपुरको चौदण्डी नगरपालिकास्थित सुन्दरपुरमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डी नगरपालिका– ५ बस्ने ५० वर्षीय रामेश्वर चौधरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय सुन्दरपुरको गस्ती टोलीले चौधरीलाई गाउँको एक घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ गरिएका चौधरीलाई जिल्ला अदालत उदयपुरले एक वर्षअघि नै जेल सजायका लागि फैसला गरिसकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 16 =