एसइइ मोडल हन्ट : ग्राण्ड फिनालीमा ५० प्रतिस्पर्धी भिड्दै

काठमाडौं,जेठ २३। फेशन र मोडलिङलाई आफ्नो सोख र करियर बनाउन इच्छुक एसइइ परीक्षा दिएर बसेका विद्धार्थीलाई लक्षित गरि सञ्चालित एसइइ मोडल हन्टको पहिलो संस्करणमा ५० जना प्रतिस्पर्धी ग्राण्ड फिनालीमा भिड्ने भएका छन् ।

डि.एम. इन्टरटेन्मेन्टको आयोजना तथा थ्रिडी नेपालको ब्यवस्थापनमा गरिएको एसइइ मोडल हन्ट २०१८ को ग्राण्ड फिनाली आगामी शुक्रबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाँचघरमा हुँदैछ ।

विभिन्न छनौट चरण, तालिम, ट्यालेन्ट राउन्ड पार गर्दै अन्तिम चरणमा पुगेका ५० प्रतिस्पर्धीले ग्राण्ड फिनालीमा सहभागि हुने आयोजकले जनाएको छ ।

छनौट भएका प्रतियोगीलाई ४० दिनसम्म विभिन्न विषयमा तालिम तथा प्रशिक्षणहरु पश्चात् फिनालीको लागि तयार गरिएको आयोजक डि.एम. इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक डेनी मगरले जानकारी दिए ।

देशका विभिन्न ठाउँ र स्कुललाई प्रतिनिधित्व गर्दै प्रतियोगीतामा सहभागि भएका प्रतिस्पर्धीहरु उपाधि जित्न अहिले विभिन्न प्रशिक्षण लिईरहेका छन् ।

उनीहरुलाई म्यानहन्ट नेपाल इन्टरनेशनल विजेता सनिश शाक्य र इन्डियाज नेक्स्ट टप मोडलकी फ्रष्ट रनर अप सबिता कार्कीको कोरियोग्राफी गरिरहेका छन् ।

इभेन्ट म्यानेजमेन्ट थ्रिडी नेपालले करिब १ हजार दर्शक, विशेष अतिथि, निर्णायक मण्डल र विभिन्न कलाकारहरुको प्रस्तुतीको साथमा ग्रान्ड फिनाली गरिने बताएको छ ।

इभेन्ट म्यानेजर रिदम कार्कीले प्रतियोगिताको तयारी सम्पूर्ण रुपमा पूरा भइसकेको जानकारी दिदै आफूहरु सबै प्रतियोगीलाई स्टेजमा उतार्न आतुर रहेको बताए ।

एसइइ मोडल हन्टका बिजेता तथा उप विजेताले क्राउन सहित नगद पुरस्कार साथै कक्षा ११ र १२ अध्ययनको लागि पूर्ण छात्रावृत्ति, विभिन्न गिफ्टहरु र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 7 =