सरकारले लियो सेयर लाभकरको नयाँ व्यवस्था फिर्ता

काठमाडौं,जेठ २३। सरकारले सेयरको बोनस र हकप्रद सेयरको अंकित मूल्यभन्दा बढी रकम पुँजीगत लाभकर लिने निर्णय फिर्ता लिएको छ। अब पुरानै विधिबाट पुँजीगत लाभकर गणना गरिने भएको छ।

लगानीकर्ता र शेयर ब्रोकरको आन्दोलनका कारण सेयर बजार प्रभावित हुँदा पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्न भन्दै अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्र पठाएको मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले बताए।

सेयर कारोबारका लगानीकर्ताहरु सरकारको पछिल्लो निर्णयको विराध गर्दै सेयर कारोबार बन्द गरी आन्दोलनमा उत्रिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 10 =